१२ श्रावण २०८१, शनिबार

माघ महोत्सव शुरु



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँमा थारु संग्राहलयमा बुधबारदेखि माघ महोत्सव शुरु भएको छ ।
महोत्सवको गोदावरी नगरपालिकाका उप प्रमुख रत्ना कडायतले उद्घाटन गरिन् ।
महोत्सव तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा थारु समुदायका मौलिक भेषभूषा, कला, संस्कृति झल्किने स्टल तथा खानाका परिकारहरू राखिएका छन् ।
‘थारु भाषा, संस्कृति, कला, गीतवास हमार पहिचान, अधिकार सुनिश्चितता ओ समृद्ध समाज निर्माण करना हमार साझा अभियान’ भन्ने नाराका साथ थारु कल्याणकाणी सभा गोदावरी नगर समितिले महोत्सवको आयोजना गरेको छ ।
थारु कल्याणकाणी सभा गोदावरी नगर समितिका अध्यक्ष जनकलाल चौधरीको अध्यक्षता महोत्सव उद्घाटन कार्यक्रम भएको थियो ।
उद्घाटन कार्यक्रमको रोशन चौधरी र वीरेन्द्र चौधरीले सञ्चालन गरेका थिए । कार्यक्रममा महोत्सव मुल आयोजक समितिका सचिव पुर्ण बहादुर चौधरीले स्वागत गरेका थए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार