१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सभामा डिजिटल प्रविधि जडान



धनगढी । सुदूरपश्चिम प्रदेश सभाभित्र नयाँ डिजिटल प्रविधि जडान गरिएको छ । प्रदेश सभाका गतिविधिलाई छिटोछरितो ढंगबाट आम नागरिकसम्म पु¥याउने उद्देश्यले आधुनिक डिजिटल प्रविधि जडान गरिएको छ ।

प्रदेश सभाले आइतबार आयोजना गरेको सञ्चारकर्मीहरूसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाका गतिविधि प्रत्यक्ष रुपमा हेर्न पाउने व्यवस्था पनि गरिएको बताए ।
सभामुख थापाले प्रदेश सभा भवनभित्र माइक, अडियो÷भिडियो रेकर्डिङ, साउण्ड सिस्टम, डिस्प्ले बोर्ड, कम्प्युटर, मिक्चर लगायतका डिजिटल प्रविधि जडान गरिएको बताए ।
सभामुख थापाका अनुसार पछिल्लो पटक सभाकक्षमा २७ वटा माइक, दुई वटा भिडियो क्यामेरा, दुई वटा डिस्प्ले बोर्ड, एउटा मिक्स्चर, एउटा कम्प्युटर जडान गरिएको छ । सभामुख थापाले भने– प्रदेश सभाभित्र हुने संसद गतिविधिको युट्युवमा प्रत्यक्ष प्रसारण गर्ने समेत व्यवस्था गरिएको छ ।
प्रदेश सभाभित्रका गतिविधिका श्रव्यदृष्यहरूको प्रसारण खिच्न सक्ने गरी दुई वटा क्यामेरा जडान गरिएका छन् । उनले युट्युव प्रसारणले संसदमा नआएका सञ्चारकर्मीलाई समेत रिपोर्टिङ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । युट्युबबाट हुने प्रसारणले प्रदेश सभाको खुल्लापन र पारदर्शितामा टेवा पुग्ने सचिवालयको विश्वास छ ।
सभामुख आसनको पछाडितिरको भित्तामा ठूलो डिजिटल बोर्ड राखिएको छ । त्यस्तै, छुट्टै सञ्चार कक्ष पनि निर्माण गरिएको छ । सञ्चार कक्षमा स्मार्ट टिभी पनि राखिएको छ ।
प्रदेश सभा भवनबाट हटाइएका मेनुअल माइकहरू संसदीय समितिहरूको बैठक कक्षमा राखिने सभामुख थापाले बताए । उनले दुई वटा हल बनाएर संसदीय समितिका लागि मिनि पार्लियामेन्ट चलाउने व्यवस्था गरिएको बताए । उनले संसदीय समितिहरूको हरेक गतिविधि रेकर्ड गरेर दस्तावेज राख्न सचिवालयले व्यवस्था गर्ने बताए ।
यसैगरी, प्रदेश सभाले भिडियो कन्फरेन्स प्रणाली समेत जडान गरिरहेको समामुख थापाले बताए । उनले सचिवालयमा आवश्यक प्रणाली जडानसहित एउटा भिडियो कन्फरेन्स कक्ष बनाइन लागेको र प्रत्येक जिल्ला समन्वय समितिहरूमा पनि भिडियो कन्फरेन्स प्रणाली जडान गरिने उनले बताए । यस प्रणाली जडान पश्चात प्रदेश सभा सदस्यहरू तथा समितिहरूले स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने छन् ।
सुदूरपश्चिम प्रदेश सभा गठन भएको दुई वर्षको अवधिमा प्रदेशको नामाकरण तथा राजधानी रहने स्थानको टुंगो लागिसकेको छ ।
सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभालाई व्यवस्थित बनाउन विभिन्न कामहरू भइरहेको जानकारी दिए ।
प्रदेश सभा सचिवालयमा थप कोठा निर्माण गरि छिट्टै ई–लाइब्रेरीको स्थापना गरिदैछ । त्यस्तै, प्रदेश सभा, सचिवालय तथा विषयगत समितिमा सिसिटिभी जडान गरिने सभामुख थापाले बताए ।
त्यस्तै, प्रदेश सभाको थप सुरक्षाका लागि कम्पाउण्डवालमा का“डेतार लगाउने, गेटमा चेकजा“च गर्ने र वा–थ्रु गेट निर्माण गर्ने कामको थालनी भएको छ ।
सभामुख थापाले प्रदेश सभामा कर्मचारीको अभावलाई दृष्टिगत गरि कर्मचारी दरबन्दी प्रस्ताव पारित गरी सरकारमा पठाउने प्रक्रिया अघि बढाइएको बताए ।
सुदूरपश्चिम प्रदेश सभाले हालसम्म ३२ वटा विधेयक पारित गरिसकेको छ । प्रदेश सभाको पाचौ अधिवेशन आगामी माघ ६ गतेदेखि शुरु हुदैछ ।
पत्रकार अन्तक्र्रिया कार्यक्रममा उपभामुख निर्मला वडाल जोशी, प्रदेश सभाका सचिव रामसिंह धामी, संसद कर्मचारी तथा ठूलो संख्यामा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार