१२ श्रावण २०८१, शनिबार

एसी डिलकस बस सेवा सञ्चालन



धनगढी/ सुदूरपश्चिम यातायातले अत्तरियादेखि काठमाडौँ सम्मका लागि एसी डिलक्स बस सेवा सुरु गरेको छ ।
भ्रमण वर्ष २०२० को अवसरमा पर्यटकलाई समेत टेवा पुराउने उद्देश्यले मंगलबार एक कार्यक्रमबीच बस सेवा सुरु भएको जनाइएको छ ।
गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँदले बस सेवा उद्घाटन गरे । यात्रुहरूलाई थप सहज हुने गरी ३७ सिट भएको एसी बस सञ्चालनमा ल्याएको सुन्दर सुदूरपश्चिम यातायात प्रालीका कार्यालय प्रमुख देवीलाल जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार