११ श्रावण २०८१, शुक्रबार

चोरीको आरोपमा दुई पक्राउ



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का देवराज भट्टले सञ्चालन गरेको न्यु नमस्ते मोबाईल एण्ड ईलेक्ट्रोनिक सप्लायर्समा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


मालाखेती ईलाका प्रहरी कार्यालयले गोदावरी नगरपालिका वडा नम्बर ७ का १८ वर्षीय विजय रावल र धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २० बर्षीय साजन रावतलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले विजयलाई उनकै घरबाट छ थान मोबाइल सेट तथा साजनलाई ललितपुर पाटनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
पुस १५ गते सो मोबाइल ग्यालरीबाट २१ थान मोबाईल र छ लाख रुपैया चोरी भएको उजुरी परेको इलाका प्रहरी कार्यालय प्रमुख (प्रहरी नायव उपरीक्षक) ज्ञानबहादुर बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार