१२ श्रावण २०८१, शनिबार

छात्राहरूको शैक्षिक स्तरमा सुधार हुँदै



धनगढी/ ‘अहिले विद्यालयमा छात्राहरूको शैक्षिक स्तर सुधारदेखि विविध क्रियाकलापमा सहभागिता बढिरहेको छ’ धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित दिपेन्द्र चारपाते माध्यामिक विद्यालयका प्रधानाध्यापक भागीराम चौधरीले हामी सञ्चारकर्मीलाई दिएको प्रतिक्रिया हो यो ।
उनले सीमान्तकृत बालिकाहरूको शिक्षामा सहयोग परियोजना (स्टेम २) लागू भएपछि विद्यालयमा बालिकाको सिकाई सुधार, विद्यालयमा सहभागिता, विद्यालयमा अतिरिक्त लगायतका क्रियाकलापमा छात्राहरूको सहभागितामा सुधार हु“दै गएको बताए ।
दिपेन्द्र चारपाते माविमा हाल दुई सय चार विद्यार्थी रहेका छन् । त्यसमा छात्राको संख्या एक सय चार रहेको छ । प्रधानाध्यापक भागिरामले भने– परियोजना शुरु नहुँदा छात्रको तुलनामा छात्राको संख्या एकदमै न्यून थियो ।
उनले ‘अहिले छात्रको तुलनामा छात्रा नै शिक्षण सिकाई उपलब्धीमा अघिरहेको’ बताए । प्राध्यापक भागिरामका अनुसार कक्षा कोठामा छात्राहरूले खुलेरै नबुझेका कुरामा प्रश्न गर्ने अभ्यास बढेको छ । प्रधानाध्यापक भागिरामले भने– अहिले छात्रहरू कमजोर भएकाले दुबैलाई बराबरमा ल्याउने गरी क्रियाकलाप अघि बढाउनुपर्ने अवस्था रहेको छ ।
उनले परियोजना सकिए पनि उपलब्ध भएका स्रोत साधन र सफल कार्यक्रमलाई निरन्तरता दिने गरि विद्यालयले गुरुयोजना निर्माण गरिरहेको बताए । उनले ‘परियोजनाका सफल कार्यक्रमलाई निरन्तरता दिन र उपलब्ध स्रोत साधनको सदुपयोग गर्न योजना निर्माण भइरहेको” बताए ।
उनले कार्यक्रमलाई निरन्तरता दिन बजेट अभाव हुने बताउँदै ‘विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकमहरू स्थानीय तहसंग माग गरिने’ बताए । स्टेम परियोजनाले छात्राको शिक्षा सुधारसंगै विद्यालयमा आवश्यक भौतिक संरचना निर्माण, पुस्तकालय सञ्चालन, प्रयोगशाला निर्माण लगायतमा पनि सहयोग गर्दै आएको छ ।
परियोजना अन्र्तगत निर्माण भएका पुस्तकालयलाई निरन्तरता दिन विद्यालयले अभिभावकहरूसंग पुस्तक माग गर्ने नीति बनाइरहेको प्रधानाध्यापक भागिरामले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित राष्ट्रिय माध्यामिक विद्यालयले भने परियोजनाका कार्यक्रमलाई निरन्तरता दिन कुनै योजना निर्माण नगरेको जनाएको छ । ‘अहिले परियोजना अन्र्तगत विद्यालयमा छात्राहरूको क्षमता, शिक्षण सिकाई उपलब्धीमा सुधार भएको छ’ विद्यालयका पूर्व प्राधानाध्यापक रघुनाथ ओझाले भने –‘परियोजनाको समयावधि थप भए यी कार्यक्रमलाई निरन्तरता र राम्रोसंग सञ्चालन गरिने छ । परियोजनानै नभए निरन्तरता दिन सक्ने अवस्था छैन् ।’ उनले विद्यालयले अहिलेसम्म यी कार्यक्रमलाई निरन्तरता दिन कुनै योजना निर्माण नगरेको प्रतिक्रिया दिए ।
शुक्रबार नगर स्तरिय संयूक्त टोलीले परियोजना सञ्चालन भएको धनगढी उपमहानगरपालिकाका दुई वटा विद्यालयमा परियोजनाअन्र्तगत भएका कामको अवलोकन तथा बैठक गरेको थियो । सो क्रममा विद्यालयका प्राधानाध्यापकहरूले कार्यक्रम राम्रो भएको र अझै निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।
टोलीमा रहेका शिक्षा विकास तथा समन्वय ईकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले परियोजना छदासम्म कार्यक्रम गर्ने र पछि त्यसलाई निरन्तरता दिन विद्यालयले योजना नबनाउने परिपाटीका कारण समस्या भइरहेको बताए । उनले भने –‘राम्रा कार्यक्रमलाई विद्यालयलेनै निरन्तरता दिने गरि योजना बनाएर अघि बढ्नुपर्छ ।’ उनले परियोजनाको काम समग्रमा राम्रो भएपनि यसलाई दिगो बनाउनतर्फ ध्यान नपुगेको बताए ।
परियोजनका कार्यक्रम संयोजक लक्ष्मण चौधरीका अनुसार सीमान्तकृत बालिकाहरूको शिक्षा परियोजनाले विद्यालय बाहिर र विद्यालयमा काम गरिरहेको छ । विद्यालयभित्र रहेका बालिकाहरूको शिक्षण सिकाई, पूर्वाधार विकास लगायतमा सहयोग गरिरहेको छ भने विद्यालय बाहिर रहेका बालिकाहरूलाई तालिम प्रदान गरि स्वरोजगार बनाइरहेको जनाइएको छ ।
परियोजना जिल्लाको धनगढी उपमहानगरपालिका, टीकापुर, घोडाघोडी, गौरिगंगा नगरपालिका, बर्दगोरिया र कैलारी गाउपालिकामा सञ्चालन भइरहेको छ । १८ करोड ३५ लाख ८४ हजार तीन सय ४९ रुपैया बजेट रहेको परियोजनाअन्र्तगत नोभेम्बरसम्म १४ करोड ६० लाख १६ हजार दुई सय १९ रुपैयाँ खर्च भएको जनाइएको छ ।
परियोजना अन्तर्गत पाँच सय ४६ शिक्षक र पाँच सय २९ बालिकाहरूको कक्षाकोठा व्यवस्थापन तालिम, एक हजार एक सय ४९ विद्यालय छोडेका बालिकाहरूलाई प्रजनन स्वास्थ्य सम्बन्धी तालिम, एक हजार एक सय ९५ विद्यालय छोडेका बालिकाहरूलाई व्यवसाय सीप िविकास तालिम, एक हजार एक सय ३४ विद्यालय छोडेका बालिकाहरूलाई युवा वित्तिय साक्षरता तालिम, तीन सय ९० बालिकाहरूलाई व्यवसाय सञ्चालनका ऋण प्रदान गरिएको जनाइएको छ ।
परियोजना अन्र्तगत अभिभावकहरूसंग छलफल, हिंसा तथा दुव्र्यवहार, पारिवारिक संवाद लगायतका कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक लक्ष्मण चौधरीले जानकारी दिए ।
अनुगमनमा शाखा अधिकृत प्रतापसिंह धामी, धनगढी उपमहानगरपालिका युवा तथा खेलकुद महाशाखा प्रमुख महादेव जोशी, महिला तथा बालबालिका शाखाकी अनिता बुढा, सञ्चारकर्मी, परियोजनाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार