२० भाद्र २०८१, बिहीबार

राजनीतिक अस्थिरताका कारण युवा विदेशिन बाध्य कलाकार धुर्मुस -सुन्तली




(युरोप) / नेपालका चर्चित कलाकार सिताराम कट्टेल (धुुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले राजनीतिक अस्थिरताकै कारण युवा विदेशिन बाध्य भएको बताएका छन् ।

सांगीतिक प्रस्तुतिका लागि एक महिना लामो युरोप भ्रमणमा रहेका कलाकार धुर्मुस र सुन्तलीले सोमबार पत्रकारसंग कुरागर्दै राजनीतिक अस्थिरताकै कारण युवा विदेशिन बाध्य भएको बताएका हुन् ।

हेल्पलाइनका संयोजक डीएस राणाले माल्टाको बुजिब्बामा संचालन गरेको हिमालय रेष्टुरेन्टमा भएको पत्रकारसंगको भेटमा राजनीतिक अस्थिरताकै कारण देशले दुःख पाइरहेको र युवा नचाहेर पनि बाध्यताले विदेशिनु परेको कलाकारद्धयले दुखेसो पोखेका थिए ।

माल्टामा रहेका प्रवासी नेपालीहरु संग भेट्दा देशले रोजगार सिर्जना गरे आफ्नै देशमा फर्केर योगदान गर्ने धारणा सुनाएको उनीहरुले बताए । राजनीतिक नेतृत्वकै कारण देशमा समस्या उत्पन्न भएको र युवाले आफ्नै देशमा भविस्य नेदेखेर बाध्यताले देश छोड्नु परेको तीतो अनुभव सुनाउँदा आफूलाई दुःख लागेको धुर्मुसले बताए ।

दैनिक नेपालीहरुको शव बाकसमा प्याक भएर विदेशबाट नेपालमा गएको अवस्था छ । यस्तो अवस्थामा पनि देशको नेतृत्व नेपाली जनताको समस्यामा गम्भीर भएको देखिएको छैन् । जबसम्म देशमा राजनीतिक स्थिरता हुँदैन तबसम्म विकासले गतिलिन नसक्ने र समस्या झनझन बढ्दै जाने धुर्मुस-सुन्तलीले बताए ।

नेपाली राजनीतिलाई विदेशिएका नेपालीहरुले नियाली रहेका छन् । नेतृत्वले सही तरिकाले देश हाँक्न नसकेको बुझाई उनीहरुको रहेको हामील पायौ । युवाले देशमा सम्भावना देखे आफ्नै देशमा फर्केर कामगर्ने हामीलाई बताएका छन् । विदेशिएका नेपालीले सम्भावना देख्ने गरी राजनीतिक नेतृत्वले काम गर्न आवश्यक रहेको उनीहरुले बताए ।

हेल्पलाइनका संयोजक डीएस राणाले कलाकार धुर्मुस र सुन्तलीले कार्यक्रममा देशको समसामायीक अवस्थाको बारेमा प्रस्तुति देखाएका बताए । देश छोडेर विदेश आएका युवाको बारेमा प्रस्तुति देखाउँदा युवा सबै भावुक बनेको राणाले बताए ।

माल्टामा रोजगारी गर्दै आएका ईस्मा गाउँपालिका ५ वनगाउँ गुल्मीका समीर थापाले युवालाई स्वदेशमै रोक्ने गरी रोजगारीको सिर्जना गर्दै राजनीतिक नेतृत्वले नेपाली जनताको चाहना पूरा गर्नेगरी काम गर्न आवश्यक रहेको बताए ।

नेपालबाट फिलेन्ट हुँदै माल्टा आएका धुर्मुस-सुन्तलीले अबको कार्यक्रम पोल्याण्ड, क्रोसिया, बेल्जिएम जर्मनी र पोर्चुगल लगायतका देशमा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार