१२ श्रावण २०८१, शनिबार

लागू औषधसहित एक पक्राउ  



धनगढी/ लागु औषध सहित प्रहरीले धनगढीमा एक जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बाट लागु औषध सहित सुरेन्द्र भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुरेन्द्रसंग खैरो हेरोइन र नाईट्रोभेट जस्तो देखिने बस्तु बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विशेष सूचनाका आधारमा दुई ग्राम १० मिलीग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ र नाईट्रोभेट जस्तो देखिने १२ ट्याब्लेट सहित भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार