२९ आश्विन २०८१, मंगलवार

कैलाली प्रिमियर लिगको उपाधी आयोजकलाई



धनगढी । कैलाली प्रिमियर लिग सिजन ३ को उपाधी आयोजक टीम द साइनिङ्ग धनगढीले जितेको छ ।

धनगढी–१३ मा आठ दिनसम्म सञ्चालन भएको सो प्रिमियर लिगको आइतबार सम्पन्न फाईनल खेलमा द साइनिङ्ग धनगढीले उपाधी सहित ५० हजार रुपैयाँ नगद सहित ट्रफि हात पारेका हो । उप विजेता वोर्डभिजनले २५ हजार नगद सहित ट्रफि हात पारेको छ ।
पहिलो ब्याटिङ्ग रोजेर खेलमैदानमा उत्रेको बोर्डभिजनले ६८ रन बनाएको थियो भने द साईनिङ्ग धनगढीले १२ ओभरमै ३ विगेटको नोक्सानीमा ७५ रन बनायर जीत हात पारेको हो । खेलको म्यान अफ द म्याच अनुप छेडाल र म्यान अफ द सिरिज दिनेश कुँवर भएका थिए भने खेलमा ७ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
विजेता टीमका क्याप्टेन दिनेश पनेरुले खुशी ब्यक्त गर्दै चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आफूहरुले जितेको ५० हजार रुपैयाँ सहयोग गर्ने जनाए । विजेता टीमलाई धनगढी उपमहानगरपालिका वड नं. १३ का वडाअध्यक्ष विजयराज जोशीले नगद, ट्रफि र प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।
सम्मान गर्दै अध्यक्ष जोशीले यूवाहरुको जागरुकता देखेर आफूलाई निकै खुशी लागेको बताउँदै आउँदा दिनमा पनि सहयोग गर्न पछि नहट्ने बताए । उनले यस प्रिमियर लिगका लागि रु १ लाख सहयोग गरेको बताए । जोशीले यस वडाका यूवाहरुले खेलको माध्यमबाट समाज गाउँ र राष्ट्रलाई चिनाउन सफल हुने विश्वास समेत ब्यक्त गरे ।
द साईनिङ्ग धनगढीका अध्यक्ष गजेन्द्र बोहोराको सभापतित्वमा सम्पन्न सो लिगलाई समाजसेवी प्रेम ठकुल्ला, बैजनाथ इन्डष्ट्रिजको देवी जोशी भट्ट, बोर्डभिजन एकेडेमी प्रशिक्षक जानकी भट्ट, कैलाली सामुदायिक वनका अध्यक्ष कमल बोहरा, यूवा खेलाडी अर्जुन जैगडी र नेपाली कांग्रेसका यूवा नेता विनोद पन्त लगायतले विजेता टीमलाई उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार