११ श्रावण २०८१, शुक्रबार

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस



धनगढी । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार विविध कार्यक्रमसहित मनाइएको छ । यस क्रममा बागेश्वरी असल शासन क्लव, कैलालीको आयोजना तथा दारी ग्याङ्ग धनगढीको सहआयोजनामा धनगढीमा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ ।
“भ्रष्टाचार विरुद्ध युवाको भूमिका” शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसका निधी ठाकुर प्रथम, नवराज जोशी द्वितीय तथा भरत साउद तृतीय भए भने विकाश जैशीले चौथो स्थान प्राप्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपसभापति उमीद बागचन्द, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक गणेशराज जोशी, संस्थाका सचिव प्रेम ढुगांना, सल्लाहकार ठाकुर करियाप्रधान, समिर जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष पाण्डव पुजाराका अनुसार क्लवले भ्रष्टाचार विरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रमको सञ्चालन संस्थाका सदस्य हेमन्त जोशीले गरेका थिए । भने दारी ग्याङका सदस्य चुडामणी दाहालले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार