११ श्रावण २०८१, शुक्रबार

सम्पादकीय : सुदूरपश्चिम वित्तीय सम्मेलनका उपलब्धी



सुदूरपश्चिम प्रदेशमा आयोजना गरिएको वित्तीय सम्मेलन सकिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित वित्तीय सम्मेलनले आगामी पा“च वर्षभित्र दुई तिहाई बढी जनतालाई बैंकिङ पहु“चको दायरामा ल्याउने, वित्तीय साक्षरता कार्यक्रम प्रवद्र्धन गर्न स्थानीय तहहरूलाई विद्यालय तथा कलेजका पाठयक्रम विकासमा सहजीकरण गर्ने, नेपालको सिमानामा विदेशी मुद्राको प्रचलन विस्थापित गर्न र विदेशी विमा कम्पनीहरूको विमालेखा विस्थापित गर्न सरोकारवालाहरूसंग सहकार्य एंव समन्वय गर्ने, आगामी पा“च वर्षभित्र आधा जनसंख्यालाई बिमाको पहु“चको दायरामा ल्याउने लगायतका घोषणा गरिएको छ । यो वित्तीय सम्मेलनबाट तत्काल प्राप्त भएको उपलब्धी भनेको जारी घोषणापत्र नै हो र घोषणापत्रमार्फत प्रदेश सरकारले व्यक्त गरेका घोषणाहरू मात्रै हुन् । तर, यी घोषणाको त्यतिवेला मात्रै अर्थ रहनेछ, जब प्रदेशको आर्थिक गतिविधि तीब्र रुपमा अगाडि बढ्नेछन् । अहिलेसम्म प्रदेश सरकारको कामकारबाही हेर्दा धेरै आशा गर्न सकिदैन भन्दा अत्युक्ति हुदैन । प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्दैछ । यो अवधिमा सरकारका तर्फबाट प्रस्तुत भएका नीति तथा कार्यक्रम र बजेटहरूले प्रदेशको आर्थिक समृद्धिमा खासै उत्साहजनक वातावरण सिर्जना हुनसकेको छैन ।
सुद्ररपश्चिम प्रदेशको तीब्र आर्थिक समृद्धि अहिलेसम्म भाषण र घोषणामा मात्रै सिमित छ भन्दा आरोप मात्रै हुनसक्दैन । प्रदेशको द्रुत आर्थिक समृद्धि यसका जनताको वर्षौको सपना हो, आकांक्षा हो । अब प्रदेशको समृद्धिको मुख्य जिम्मेवारी यहीको सरकारको हो । प्रदेशका सबै स्थानीय तह वा सरकारहरूको हो । यसका लागि प्रदेश र स्थानीय सरकारहरूबीच बलियो समन्वय र सहकार्य पहिलो प्राथमिकता हो । त्यस्तै, सार्वजनिक–निजी साझेदारी गफमा मात्रै सिमित हुनुहुदैन । बिडम्बना अहिलेसम्म न त प्रदेश र स्थानीय सरकारहरूबीच भरपर्दो समन्वय र सहकार्यको वातावरण बनेको छ, न सरकार र निजी क्षेत्रबीच विकासका लागि बलियो साझेदारीको अवस्था नै बन्न सकेको छ । वित्तीय सम्मेलन अथवा उर्जा सम्मेलन वा लगानी सम्मेलन वा यस्तै अरु कार्यक्रम त्यतिवेला मात्रै उपलब्धीमुलक हुनेछन्, जतिवेला यी सम्मेलन तथा कार्यक्रमले तय गरेका उद्देश्य र लक्ष्य अनुरुप ठोस योजना निर्माण गरेर इमान्दारिपूर्वक कार्यान्वयनका लागि पहल गरिने छ । वित्तीय सम्मेलनले प्रदेशमा वित्तीय पहुच विस्तार गर्न एक किसिमको दिशानिर्देश गरेको मानिए पनि यसलाई साच्चै नै आर्थिक समृद्धिको एक बलियो अवसरका रुपमा रुपान्तरण गर्न सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटमा आशातित सुधार गर्दै आम नागरिकमा उत्साह सञ्चार गर्न ठोस पाइला चाल्नु पर्दछ ।
ठूलो तामझामका साथ वित्तीय सम्मेलन आयोजना भइसकेको छ । प्रदेश सरकारले केही समयपछि लगानी सम्मेलनको तयारी पनि गरेको छ । तर, प्रमुख सवाल अहिले पनि प्रदेशको आर्थिक समृद्धिका लागि सरकारका तर्फबाट के कस्ता उत्साहजनक नीति र कार्यक्रम अगाडि सारिए भन्ने नै हो । प्रदेशमा उल्लेख्य रुपमा रोजगारीका अवसर सिर्जना गर्न, औद्योगिकरण विस्तार गर्न तथा आम नागरिकमा आशाको सञ्चार गर्न सरकारका नीति र कार्यक्रमले के कस्तो टेवा पुराएको छ भन्ने हो । त्यसैले वित्तीय वा अन्य सम्मेलनको आयोजनालाई उपलब्धीमुलक बनाउन सरकारले आम जनतालाई विश्वस्त पार्ने ढंगले प्रस्तुत हुनु जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार