१२ श्रावण २०८१, शनिबार

उपनिर्वाचन परिणामको सन्देश



भर्खरै जनप्रतिनिधी रिक्त रहेका स्थानमा उपनिर्वाचन भएको छ । अहिले केही ठाउँको नतिजा आइसकेको छ भने केही ठाउँको आउने क्रम जारी छ । अहिलेको उपनिर्वाचनको सन्दर्भ हेर्दा देशभरी नेकपा र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा भएको देखियो । कतिपय स्थानमा समाजवादी र राष्ट्रिय जनता पार्टीलाई पनि जनताले मत दिएका छन् । समग्रमा अहिलेको मत परिणाम हेर्दा लोकतन्त्रमाथि प्रश्नचिन्ह आएको छ ।
सरकारमा होस् या बाहिर होस् जनताका पक्षमा काम गर्ने नगर्ने, राम्रो नराम्रो, गुण र दोष लगायत जनताले विशलेषण गर्ने क्षमता हुनुपर्छ । मतदान गरेकोमा गाली गर्नु भएन, सम्मान गर्नै पर्छ । मतदान भनेको सहि जनप्रतिनिधी छनौट गर्ने अवसर पनि हो ।
अहिलेको उपनिर्वाचनको मत परिणाम हेर्दा चाहि समग्र रुपमा चाहि सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (तत्कालिन नेकपा एमाले र एमाओवादी केन्द्र मिलेर बनेको पार्टी) को बर्चस्व देखियो । तत्पश्चात पनि कतिपय ठाउँमा उहाँहरूको २०४८ सालदेखिनै निर्वाचनका बेला बहुमत बटुल्दै आएका स्थानमा अहिले आशातित मत पाउन नसकेको देखियो । धरान नगरपालिका तथा केही वडामा नेकपाका किल्लाहरू भत्किए । अर्को कतिपय स्थानमा पुरा शक्ति लगाएर सत्तापक्षले जिताएको पनि देखियो ।
समग्रमा हेर्दा खेरी वर्तमान सरकारले शान्ति सुरक्षा दिन सकेको छैन । भ्रष्टाचार व्यापक रुपमा बढेको, कर मनपरी ढंगले उठाएर जनताको ढाड सेकेको अवस्था, महंगी यावत समस्या जनताले भोगिरहेका छन् । कुटनीतिक हिसावमा यो सरकार असफल भएको छ । नेकपाको दुई तिहाइको सरकार हुँदा पनि लिपुलेक, कालापानी, लिम्पियाधुरालाई भारतीय नक्सामा देखाइएको छ । अलिकति राष्टिृयता, सिमा मिचेर भारतको नक्सामा पर्दा पनि निर्मला पन्त लगायत १५०० भन्दा बढी बलात्कृत साथै हत्या गर्ने सरकारलाई दण्ड दिनु साटो निर्वाचन परिणाम नेकपाको पक्षमा आउनु अनुमोदन गरे सरह हो । यस्तो राष्ट्रियतामा कुटनीतिक, राजनीतिक, आर्थिक, सामाजिक हिसाबबाट पनि वर्तमान सरकारले आशातित काम गर्न नसकेको भए पनि यत्रो विजय पाउनु भनेको लोकतन्त्रमाथि अलिकति प्रश्नचिन्ह हो ।
अहिले जनताले यस्तैलाई विजयी गराएकोले झन् अराजकता र सत्तालाई अधिनायकवादभन्दा पर गएर जनता त हामीले जे गरे पनि मत दिइहाल्दा रहेछन् भन्ने सोच बढ्छ । यो लोकतान्त्रीक विधि र पद्दती, मूल्य र मान्यतालाई बल पुर्याउनलाई हामीले मतदाताहरूलाई पनि बढीभन्दा बढी सचेत बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
म नेपाली का“ग्रेसमा आवद्ध भएको र सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता हुँ भनेर मैले यो भन्न खोजेको होइन । काँग्रेसले जित्यो भन्दै खुशी हुने र नेकपाले जित्दैमा दुःखी हुने भन्ने होइन । मैले भनेको अर्थ के हो भने गलत गर्ने प्रवृत्तिलाई दुरुत्साहित गर्नलाई निर्वाचन हुन्छ । अब गलत गर्ने, गर्दै जाने अझ उतातिर उनीहरूलाइनै विजयी गराउदै जाने हो भने त राम्रो भएन । यसमा प्रश्न चाही खडा भएको छ । यसमा चाहि ठुलो बहस आवश्यक रहेको छ । पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसमग्र तहमा जिम्मेवार पार्टीहरूमात्र होइन हरेक लोकतान्त्रिक विधी र पद्दतीलाई मान्नेहरूले यसमा बल पु¥याउनुपर्ने देखिन्छ ।
नेपाली काँग्रेसभित्र लोकतान्त्रिक मूल्य र मान्यताका सन्दर्भमा ठिक छ । सात दशकभन्दा अगाडिदेखि स्थापित पार्टी । यसले जनताका पक्षमा, जनतालाई सार्वभौम बनाउनका लागि २००७ को क्रान्तिदेखि लिएर देशमा भएका ठुलठुला जनआन्दोलनको अगुवाई लिएर अन्तिमसम्म पनि जनताको पक्षमा लडिरहने पार्टी हो । अहिले आएर जुन यत्रो लामो दशकपछि विपि कोइराला जस्ता महामानवले स्थापना गरेको यो पार्टी आज आएर धेरै कुरामा त राम्रो छ, तर केही कुरामा पार्टीभित्र कमजोरी देखियो । पार्टीमा लागेका मानिस जो छन्, आफुले भनेको अनुसार गयो भने सब राम्रो यदि आफुले भने अनुसार भएन भने सब नराम्रो भन्ने छन् । अन्तिम दिनसम्म पनि आफनो नेताको पक्षमा अन्य कुरामा जनतामा खुलेआम भिडेको देखिन्छ । अन्तिममा आएर त एकता देखियो, तर चाहि जुन हिसावले जुन पार्टीप्रति इमान्दार नेता छन् । उहाँहरूले शुरुदेखि अन्त्यसम्म जो देखाउनुपर्ने हो त्यो भएन । पार्टीको कमीकमजोरीलाई आन्तरिक रुपमा बहस गर्नुपर्ने थियो, तर समाजमै खुलेआम छताछुल्ल हिसावले बाहिर ल्याउने प्रवृतिले पनि निर्वाचनमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । भान्से त भान्सेहरू छन्, चर धेरै भान्से हुदा कहिले नुन बढी हुने, कहिले तेल बढी हुने देखिन्छ । त्यसकारण एउटै नेतृत्वमा भान्सा चल्यो भने सबै चिज समान हिसावले काम भइरहेको हुन्छ ।
अहिले नेपाली काँग्रेसको त्यही अवस्था छ । पार्टी सभापतिलाई चारैतिरबाट प्रहार गरेको देखिन्छ । त्यसपछि गएर अन्यौल देखिन्छ र अन्त्यमा आएर सबै मिलेको जस्तो देखिन्छ । यो प्रवृत्तिले गर्दा जनतामा केही दुविधा पैदा भएको छ । आगामी दिनमा नेपाली का“ग्रेसले एउटा चेन अफ कमाण्डलाई मानेर आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउदै एउटा अनुशासित पार्टीका रुपमा स्थापित जसरी विगतमा थियो, त्योभन्दा बढी बलियो भएर अगाडि बढनुपर्ने अहिले महशुस भएको छ । नेपाली का“ग्रेसका भातृ संगठनहरूमा एकता गर्दै पार्टी भित्रका आन्तरिक द्वन्द्वलाई मिलाएर अघि बढ्नुपर्ने देखिन्छ ।
नेपाल कम्यूनिष्ट पार्टीले विजयी गरेकोमा धेरै गौरव गर्नुपर्ने देखिदैन । सबै स्रोत साधनको दोहन भएको छ । उपनिर्वाचनमा राज्यको स्रोत साधनको सदुपयोग गरिएको छ । थुप्रो ठाउमा त खुकुरी नै प्रहार गरिएको छ । गुण्डाहरू प्रयोग गरिएका छन् । राज्यका स्रोतसाधन प्रयोग गरि जनतामा प्रभाव पार्ने काम भएको छ । सरकार स्वयं भएको नाताले निर्वाचन आचार संहितालाई उल्लंघन गर्दा पनि निर्वाचन आयोगले खासै काम गरेको देखिदैन । त्यसकारण निर्वाचन आयोग पनि प्रभावित भएको महशुस भएको छ । जुन ठाउँ नेपाली काँग्रेसले जित्नै पर्ने थियो त्यहाँ हार भएको देखिन्छ । वर्तमान सरकार जुन किसिमले अगाडि बढेको छ यो खाने वेला एकता भन्ने जस्तो देखिएको छ । स्रोतसाधन हातमा छ । तर, यो सरकार दिगो रुपमा रहन सक्ने देखिदैन । बनावटी एकता जतिखेर पनि धरापमा पर्न सक्छ । उहा“हरूले समयमै सजग भएर लोकतन्त्रलाई बलियो बनाएर यसका मूल्य मान्यतालाई र खासगरी पद्दती सम्मान गरेर अगाडि बढ्यो भने चाहि समग्रमा नेपालमा संघियता भन्नुहोस् या लोकतन्त्र भन्नुहोस् सब बलियो हुन्छ । तर, त्यो प्रक्रियामा अहिलेको सत्तारुढ पार्टी मुलत लागेको देखिदैन ।
समग्रमा जो पार्टीमा लागेका साथी, समाजसेवामा लागेका साथी, राजनीतिमा लागेका साथीहरूले अलि गम्भिर भएर नेपालको परिस्थिति र यहाFको समग्र स्थितिलाई आंकलन गर्ने हो भने हामी तलतिर झर्दै गएको अवस्था छ । न त लोकतान्त्रिक मूल्य मान्यता बलियो भएको छ, न आर्थिक रुपले समाज अगाडि बढेको छ । सामाजिक कुरितिलाई घटाउनुभन्दा बढ्दो अवस्थामा छ । यी समग्र स्थितिलाई हेर्दा हामी सबै एकताका साथ अगाडि बढ्नुपर्ने नितान्त आवश्यकता देखिन्छ । र काँग्रेसले पनि आफ्नो मुल्यमान्यता सहित अगाडी बढेमा आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित छ । अन्त्यमा प्रदेशको देशको आर्थिक क्रान्ति र समृद्धि यस्तो सरकारबाट सम्भव कहाँ होला ?

(लेखक नेपाली का“ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुन्)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार