१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : वित्तीय सम्मेलनका अपेक्षा



सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित पर्सी शुक्रबारदेखि धनगढीमा सुदूरपश्चिम प्रदेश वित्तीय सम्मेलन आयोजना गर्दैछ । “वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ नारा सहित आयोजना हुनलागेको सुदूरपश्चिम प्रदेश वित्तीय सम्मेलन आफ्नो लक्ष्य प्रँप्तीमा के कति सफल हुन्छ भन्ने आ“कलन गर्न केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ । सम्मेलनबाट नागरिकको वित्तीय पहुँचको सुनिश्चितता गर्ने, ससाना बचत परिचालन गरी पु“जि निर्माण गर्ने, सम्भावित परियोजनामा कर्जा लगानी अभिबृद्धि गर्ने, प्रदेशबासीलाई आधुनिक बैंकिङ प्रणालीमा आवद्ध गर्ने र वित्तीय पहु“चको माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । हुन त यसअघि पनि प्रदेशको आर्थिक समृद्धिबारे केही कार्यक्रमा भइसकेका छन् । लगानी भित्राउनेदेखि उर्जा क्षेत्रको विकासबारे सम्मेलन भएका छन् । थुप्रै पटक प्रदेशको आर्थिक समृद्धिबारे सानाठ्रूला मञ्चमा चर्चा भएका छन् । विभिन्न तहमा थुप्रै घोषणा भएका छन् । प्रदेशमा विकासका अवरोध तथा समस्याबारे थुप्रै पटक बहस भएका छन् । समृद्धिका एक से एक खाका, योजना प्रस्तुत गरिएका छन् । तर, अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा आर्थिक समृद्धिको ठोस र भरपर्दो आकार देखापर्न सकेको छैन ।
अहिले सरकारले वित्तीय सम्मेलन आयोजना गर्दैछ । सम्मेलनमा निश्चित रुपमा नागरिकको वित्तीय पहु“च बढाउनेदेखि यसको माध्यमबाट प्रदेशको तीब्र आर्थिक समृद्धिमा टेवा पुराउनेबारे छलफल होलान् । एकचोटी फेरि ठूलाठूला प्रतिवद्धता र घोषणा गरिनेछन् । समृद्धिका सपना बाडिएलान् । अहिलेसम्म नागरिकको वित्तीय पहु“चमा विद्यमान समस्या र आगामी दिनमा सहज पहुच बृद्धिका लागि योजनाहरू पेस होलान् । सम्मेलनमा यी सबै विषयमा छलफल भइरहदा सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको यात्रा अहिले कुन अवस्थामा छ भन्नेमा पक्कै पनि चर्चा होला । आम जनतामा यो सम्मेलनले के कस्तो उत्साह र आशा बृद्धि गर्छ भन्ने पनि आकलन गरिएला । र, समग्रमा वित्तीय सम्मेलनको औचित्य, महत्व र यसका उपलब्धीबारे घनिभूत रुपमा छलफल होला भन्ने अहिले अपेक्षा गर्न सकिन्छ । किनकि प्रमुख सवाल भनेको किन अहिलेसम्म प्रदेशको आर्थिक समृद्धिले गति लिन सकेको छैन ? भन्ने नै हो । हिजोसम्म केन्द्रीकृत शासनसत्ताका कारण पछाडि पारिएको भनेर पञ्छिने गरिएकोमा अब यस्ता कुनै पनि बहानाका आधारमा उन्मुक्ति पाउनसक्ने अवस्था छैन ।
वित्तीय सम्मेलन भइरहदा विगतदेखि अहिलेसम्म किन उल्लेख्य रुपमा बाह्य ललागनी भित्रिन सकेको छैन तथा लगानीकर्ता किन अझैं पनि यो प्रदेशमा लगानी गर्न हिच्किचाउछन् भन्ने कटु यथार्थबारे पनि छलफल गरिनु पर्दछ । सबैभन्दा बढी प्राकृतिक स्रोतसाधन भएर पनि सधैं सबैभन्दा विपन्न तथा अविकसित क्षेत्रका रुपमा रहनुपर्ने बाध्यताको कहिले अन्त्य हुन्छ भन्ने पनि गहन समिक्षा हुनु आवश्यक छ । प्रचारप्रसारका लागि वा क्षणिक वाहवाही आर्जन गर्नका लागि अथवा केही गरेको देखाउनका लागि यस्ता कार्यक्रमहरु आयोजना गर्ने मानसिकतामा परिवर्तन गर्दै दीर्घकालीन योजनावद्ध विकासका लागि अग्रसर हुनु आवश्यक हुन्छ । नभए यो वित्तीय सम्मेलन पनि एउटा अर्को व्यर्थको आयोजनामा सिमित भयो भने आश्चर्य हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार