१२ श्रावण २०८१, शनिबार

सिकलसेल सम्बन्धी पैरबी कार्यक्रम



सुख्खड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा बुधबार सिकलसेल रोग सम्बन्धी पैरवी कार्यक्रम भएको छ ।


घोडाघोडी नगरपालिकाको समन्वय र जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा भएको कार्यक्रममा उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरिक्षक महेश चन्दले सिकलसेलका लक्षण तथा उपचारबारे जानकारी गराएका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका हेल्थ असिस्टेन कृष्णदत्त पन्तले नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्संग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका थारु समुदायका महिलाको डिएनए परिक्षणमा १८ प्रतिशतमा सिकलसेल पाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार