१२ श्रावण २०८१, शनिबार

खेतमा लुकाइएको अवस्थामा ठूलो परिमाणमा बम फेला



बझाङ । बझाङको बुंगल नगरपालिका, दान्तोलीखौलामा खेतमा लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा बम फेला परेको छ ।


दान्तोली खौलामा ६९ वटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ । बुंगल नगरपालिका वडा नम्बर ६ का देउमल धामीको खेतमा ठुलो प्लाष्टिकको ड्रममा लुकाई राखेको अवस्थामा ती बम तथा अन्य बिस्फोटक पदार्थ फेला परेको थियो ।
ड्रममा सकेट बमका संगै विष्फोटक पदार्थ समेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बमले जानकारी दिए ।
मंगलबार सा“झ हलो जोत्ने क्रममा हलोको टुप्पो ड्रममा अड्किएपछि किसानहरुले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । बम भएको स्थानलाई प्रहरीले मंगलबारदेखि नै पहरा दिएर राखेको थियो ।
बुधबार सदरमुकाम चैनपुरबाट गएको नेपाली सेनाको संग्राम सार्दुल गुल्मको बम डिस्पोजल टोलीले सबै बमलाई निस्क्रिय बनाएको डीएसपी बमले बताए ।
‘फेला परेको बम अहिलेको नभएर द्वन्द्वकालमा लुकाएर राखेको जस्तो देखिन्छ’ उनले भने, ‘खिया लागेको अवस्थामा भेटिएकोले द्वन्द्वकाल मै लुकाएको हो अनुमान गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार