११ श्रावण २०८१, शुक्रबार

निष्ट कलेज एलपिएल : लिटिल वुद्ध, शारदा निकेतन र भक्तपुर निष्ट क्वाटरफाईनलमा प्रवेश



धनगढी । धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर (निष्ट एलपीएल) मा लिटिल वुद्ध एकेडेमी कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी र भक्तपुर निष्ट स्कुल क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।


मंगलबार भएको खेलमा लिटिल वुद्धले त्रिनगर माविलाई ९६ रनले हरायोे । टस हारेर पहिले ब्याटिङ गरेको लिटिल वुद्धले २० ओभरमा नौ विकेट क्षतिमा एक सय ६५ रन बनायो । लिटिल वुद्धका सन्तोष भट्टले ५४ वलमा ९४ रन बनाए । त्यस्तै विशाल ऐरले २९ रनको अविजित पारी खेले । बलिङतर्फ त्रिनगरका अमित परियारले दुई विकेट लिए ।
एक सय ६६ रनको विजय लक्ष्य पछ्याएको त्रिनगर १७ दशमलव चार ओभरमा सवै विकेट गुमाएर ६९ रनमा समेटियो । त्रिनगरका सिर्जन कुवरले १२ र हिक्मत सेट्टीले ११ रन बनाए ।
लिटिल वुद्धका निराजन गौतमले पांच विकेट लिए भने सन्तोष भट्टले तीन विकेट लिए । खेलमा लिटिल वुद्धका सन्तोष भट्ट म्यान अफ द म्याच भए ।
प्रतियोगिता अन्तर्गत मंगलवार भएको पहिलो खेलमा हार व्यहोरेर पनि शारदा विद्या निकेतन क्वाटरफाईनल पुगेको छ । सरस्वती नमुना माविसंग १५ रनले हारे पनि शारदा समुह वीको विजेता बन्दै शारदा निकेतन अन्तिम आठमा पुगेको हो । यो खेलको नतिाजसंगै भक्तपुर निष्ट स्कुल पनि क्वाटरफाईनल पुगेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको सरस्वतीले २० ओभरमा सवै विकेट गुमाउदै एक सय ६५ रन बनायो । सरस्वतिका सन्तोष चन्दले ५१ रन बनाए । भने हृदय विडारीले ४८ तथा विनोद खत्रीले २४ रन बनाए ।
बलिङतर्फ शारदाका नरेन सावदले तीन तथा सुरेन्द्र पन्तले दुई विकेट लिए । एक सय ६६ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा चार विकेट क्षतिमा एक सय ५० रन मात्रै बनाउन सक्यो । शारदाका अर्जुन सावदले ५२ रन बनाए भने विरेन्द्र नाथले ४१ तथा सुरेन्द्र पन्तले २५ रन बनाए ।
सरस्वतीका हृदय विडारीले दुई तथा सुनिल लोथ्याल र सन्तोष चन्दले एक÷एक विकेट लिए । सरस्वतीका हृदय विडारी म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार