११ श्रावण २०८१, शुक्रबार

महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन



टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोवाइल फोन वितरण गरेको छ ।


नगरपालिकाले नगर क्षेत्रभित्र मातृ तथा बाल स्वास्थ्यमा सुधार ल्याउन तथा गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य सेवामा सुधारमा बल पुयाउन महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरि मेडिक मोबाइल सेवा सुरु गरेको जनाएको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्रका एक सय २० जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ ।
शनिबार मोबाइल वितरण कार्यक्रममा नगर प्रमुख तपेन्द्र बहादुर रावलले बाल तथा मातृ स्वास्थ्य सुधार गर्नुका साथै मातृ तथा बाल मृत्युदर सून्यमा झार्ने लक्ष्यसहित नगरपालिकाले विभिन्न प्रयास गरिरहेको चर्चा गरे ।
सो अवसरमा नगर उपप्रमुख केशरी विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरेर मेडिक मोबाइल सेवाबाट बालबालिका र महिलाको पोषण स्थितिमा सुधार, स्वस्थ आमा र बच्चा अभियानमा सहयोग पुग्ने बताइन् ।
नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहलाई नौ हजार तीन सय रुपैया मूल्यको एनड्रोइड सामसुङ्ग मोबाइल फोन सेट वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार