१ जेष्ठ २०८२, बुधबार

देउसीको रकम गौशालालाई



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बिशालनगरस्थित इमरल्ड बोर्डिङ स्कुलका विद्यार्थीले देउसीभैलो खेलेर संकलन गरेको रकम गौशालालाई सहयोग प्रदान गरेका छन् ।
विद्यार्थीहरूले देउसीभैलौ खेलेर संकलन गरेको २७ हजार छ सय ५१ रुपैया उपमहानगरपालिकाको नम्बर ३ मा गौ संरक्षण सेवा समितिद्वारा निर्मित गौशालालाई सहयोग गरेको बताइएको छ ।
शनिबार स्कुलका संस्थापक प्रिन्सिपल हेमराज ओझा र संयोजक एलिना गिरीले सेवा समितिका अध्यक्ष भोजराज पाठकलाई सो रकम हस्तान्तरण गरे ।
विद्यार्थी अमन रावतले तीन दिनसम्म देउसीभैलो खेलेर सो रकम संकलन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार