११ श्रावण २०८१, शुक्रबार

आँखा परीक्षण तथा कपडा वितरण



धनगढी । हेल्प फर ह्याप्पीनेस नामक संस्थाले शनिबार धनगढीमा निःशुल्क आँखा परीक्षण कार्यक्रम आयोजना गर्नुका साथै न्यानो कपडा वितरण गरेको छ । संस्थाले धनगढीस्थित आमाको माया छात्रावासमा आश्रित बेसहारा छात्रहरुलाई न्यानो कपडा वितरण गरेको छ ।


संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीका अनुसार छात्रावासका ३२ जना छात्रलाई एक–एक जोर ट्रयाक सुट वितरण गरिएको छ ।
त्यस्तै, शनिबार नै निःशुल्क आ“खा परिक्षण समेत गरिएको छ । आपतकालीन असहाय कोषका सदस्य समेत रहेका नेत्र चिकित्सक युवराज जोशीले आगामी दिनमा पनि छात्रावासमा आश्रित बेसहाराहरूका लागि निःशुल्क आ“खा परिक्षण तथा औषधी वितरण गरिने बताए ।
कार्यक्रममा आमाको माया छात्रावास सञ्चालक समिति उपाध्यक्ष शारदा शाहले सहयोगका लागि संस्थालाई धन्यवाद ज्ञापन गरिन् ।
संस्थाले सञ्चालन गरेको आपतकालीन असहाय सहयोग कोषमा आवद्ध ५१ जना सदस्यबाट संकलित रकमबाट ट्रयाकसुट खरिद गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार