१२ श्रावण २०८१, शनिबार

सांस्कृतिक संघको क्षेत्रीय समिति पुनर्गठन



सुखड । नेपाली कांग्रेस सम्बद्ध नेपाल सांस्कृतिक संघ, कैलाली क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमिती पुनर्गठन गरिएको छ । कैलालीको साडेपानीमा आइतबार तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमसंगै कार्यसमिती पुनर्गठन गरिएको जनाइएको छ ।
नेपाल सांस्कृतिक संघका कैलाली जिल्ला सभापति सुरत रावत डोटेलीकान्छाको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा क्षेत्रीय कार्यसमिती पुनर्गठन कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ३ का सभापति खेमराज चौधरी रहेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ३ (ख) का सभापति लक्ष्मण शाही, महासमिती सदस्य रीता चौधरी, जिल्ला कमिटी सदस्य रेखा देवकोटा तथा रणबहादुर भण्डारा लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
पुनर्गठित क्षेत्रीय कार्यसमितिको सभापतिमा सम्पदा शाही, सचिवमा दिपकराज ओझा तथा कोषाध्यक्षमा तुल्सी विश्वकर्मा चयन भएका छन् ।
त्यस्तै, सदस्यमा निरज चौधरी, निरज रावल, रतन बुढा र रेवन्ती भण्डारा चयन भएका छन ।
कार्यक्रममा नेपाल सांस्कृतिक संघ, कैलालीका जिल्ला सदस्य राजु चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन शम्पदा शाहीले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार