१२ श्रावण २०८१, शनिबार

श्रद्धान्जली सभा



धनगढी । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, कैलालीका संस्थापक रुपसिंह सोवको १३ औं पूण्यतिथीमा शनिबार धनगढीमा श्रद्धाञ्जली सभा गरिएको छ ।


सो अवसरमा सुदूरपश्चिम प्रदेश सभा सदस्य टेकबहादुर रैकाले स्वर्गीय रुपसिंह दलित अधिकारका लागि लड्ने व्यक्तित्व रहेको स्मरण गरे ।
प्रदेश सभा सदस्य रैकाले दलगत आस्था भन्दा माथि उठेर दलित अधिकारका लागि लड्न आवश्यक रहेको बताए । उनले भने– संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्त र समानुपातिक पहुँचको कुरा अहिले प्रदेश सरकारले काट्दै गएको छ । उनले सुदूरपश्चिम प्रदेशमा आठ सदस्यीय मन्त्रीमण्डल बनाउदा दलितको प्रतिनिधीत्व नगरिएकोमा आपत्ति व्यक्त गरे ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, कैलालीका अध्यक्ष चक्र विकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष मनिराम देवल, बसन्त बागचन्द, नरबहादुर विश्वकर्मा, रविन्द्र सुनार, धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य प्रेम विक, नेपाली काँग्रेस, कैलालीका सदस्य नृपबहादुर सुनार, संघका पूर्व अध्यक्ष छत्रबहादुर टेलर, लगायतले रुपसिंहको जीवनी र योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार