१२ श्रावण २०८१, शनिबार

मन्त्रीपरिषद् हेरफेर हुँदैन : अध्यक्ष दाहाल



धनगढी । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल संघीय मन्त्रिपरिषद्हेरफेर नहुने बताएका छन् ।


नेकपा सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको स्थानीय जनप्रतिनिधिहरुको लागि विशेष प्रशिक्षण उद्घाटन गर्न पुगेका अध्यक्ष दाहालले धनगढी विमानस्थलमा शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै मन्त्रीपरिषद्का सदस्य फेरबदलको विषयमा कुनै छलफल नभएको बताएका हुन् । उनले मन्त्री हेरफेर प्रधानमन्त्रीको अधिकार भएकाले मन्त्री हेरफेर हुने चर्चा हल्ला मात्र रहेको बताए ।
‘सरकार परिवर्तनका विषयमा मलाई नसोधे हुन्थ्यो जस्तो लाग्छ,’ अध्यक्ष दाहालले भने, ‘सरकार परिर्वतनको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भित्र पर्छ । उहाँले जे सोच्नुहुन्छ त्यही हुन्छ । म पनि पार्टी अध्यक्ष भएका कारण मसंग सल्लाह हुन्छ । तर अहिले त्यस्तो कुनै छलफल भएको छैन ।’
उनले अहिले मिडियामा आएजस्तो यो जाने भयो र त्यो आउने भयो भन्ने कुरामा सत्यता नभएको बताए ।चिनियाँ राष्ट्रपतिको हालै भएको भ्रमणमा सुदूरपश्चिमका कुनै विकास योजना नसमेटिएको भए पनि आगामी दिनमा योजना अघि बढाइने अध्यक्ष दाहालको आश्वासन छ । उनले भारत र चीन दुबै देशसंगको सम्बन्ध सुदृढ हु“दै गएकोले यसलाई अवसरका रुपमा लिएर अघि बढ्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार