१२ श्रावण २०८१, शनिबार

भन्सार छलि सामान ल्याउने एक पक्राउ



धनगढी । कैलालीको धनगढीमा भन्सार छली गरेर सामान ल्याउने एक जना पक्राउ परेको छ ।


जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने महेश भट्टलाई पक्राउ गरेको हो ।
भट्टलाई विभिन्न समानहरु कैलपालमा गोदाम गरी राखेको भन्ने बिशेष सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको घरमा खान तलासी गर्दा मसुरिको दाल, चिनि, नरिवल, सुर्ति, आन्टी, राजमा दाल समेत गरि ३९ हजार सात सय २५ बराबरको भन्सार छलीका सामान बरामद गरिएको थियो ।
भट्टलाई आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलन चोक स्थित अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याई रहेको दुई क्विन्टल माछा बरामद गरी नष्ट गरिएको र ओसार पसारमा संलग्न भारत लखिमपुर बस्ने अम्मर आली, कासिम आलिलाई पक्राउ गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार