१० श्रावण २०८१, बिहीबार

वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रममा नीतिगत असहमती छ : सभापती शाह



धनगढी । नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु”ले वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रममा नेपाली कांग्रेस कैलालीको नीतिगत असहमती रहेको बताएका छन् ।


बुधवार धनगढी उप–महानगरपालिका वडा १४ मा नेपाली कांग्रेसले आयोजना गरेको दोश्रो राष्ट्रिय जागरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापती शाहले वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम बैध रुपमा जंगल फडानी गर्ने योजना अन्तरगत तयार पारिएको कार्यक्रम भएको बताए । जागरण अभियानमा स्थानीयले वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम प्रति नेपाली कांग्रेसको धारणा माग गरेपछि सभापती शाहले पार्टीको धारणा राखेका हुन ।
वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रमका नाममा जंगल नास्ने काम भैरहेको छ सभापती शाहले भने, हामी जंगल बचाउनुपर्छ भन्ने पार्टीका मान्छे हौं कुनैपनि निहुमा रुख काटिनु हुदैन ।
वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागु गरिएका सामुदायीक बनहरुको अबस्था खस्कीदै गएको बताउदै सभापती शाहले भने, त्यसले सामुदाय भन्दा काठका ब्यापारीहरुलाई फाईदा पुग्ने गरेको छ । वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम कम्यूनिष्टहरुले आफ्ना ठेकेदारहरुलाई पोस्नका लागि प्रयोग गरेको आरोप कांग्रेस सभापती शाहको थियो । नेपाली कांग्रेसका कुनैपनि नेता कार्यकर्तालाई वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रमका पछि नलाग्न सभापती हाहले आग्रह गरे । कैलाली जिल्लाका ४० वटा भन्दा बढी सामुदायीक बनमा वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागु गरिएको छ । धनगढी उप–महानगरपालिका १४ को भारताल साझेदारी बनमा वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागु भएपछि स्थानीयले बिरोध गर्दै आएका छन् ।
नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान अन्तरगत कैलाली क्षेत्र नं ५ (क) अन्तरगत धनगढी उप–महानगरपालिका वडा नं १४, १८ र १९ मा बुधवार सम्पन्न गरेको थियो । कार्यक्रममा कैलाली क्षेत्र नं ५ (क) का केन्द्रिय प्रतिनिधी पृथ्वीबहादुर सिंह र कैलाली क्षेत्र नं ५ (ख) का केन्द्रिय प्रतिनिधी मेघराज खड्का, नगरप्रमुख नृपबहादुर वड लगायतका नेताहरुले राष्ट्रिय जागरण अभियानको उदेश्यका बारेमा कुरा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार