१० श्रावण २०८१, बिहीबार

बालबालिकालाई ठगेको आरोपमा दुई पक्राउ



धनगढी । बालबालिकालाई प्रलोभन दिएर ठगेको आरोपमा प्रहरीले कैलालीको कैलारी गाउ“पालिकाका दुई जनालाई पक्राउ गरेको छ ।
वडा नम्बर ९ का सुगम भनिने मानबहादुर देउवा र प्रमोद साउदलाई आठ सय बढी बालबालिकालाई प्रलोभनमा पारेर ठूलो रकम ठगेको आरोपमा आइतबार प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
मानबहादुर र प्रमोदले २०७५ साल चैत महिनाबाट फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनी खोलेका थिए । कम्पनीका प्रबन्धक बनेर उनीहरूले बालबालिकाबाट पा“च हजार रुपैयाका दरले सेयर बिक्री गरेको बताइएको छ । उनीहरूले “बाल वन” नामक सेयर जारी गरी १८ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी पा“च हजारका दरले ४० लाख रुपैया उठाएको खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौंं सामाखुसीमा केन्द्रीय कार्यालय, बर्दियामा राजापुर र मैनापोखर हाखा तथा बासगडी, जयनगर, भुरीगाउ, सानोश्री लगायत ठाउ“मा सम्पर्क कार्यालय खोलेको खुल्न आएको बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले जनाए । उनले अभियुक्तद्वयलाई आवश्यक कानूनी कारबाहीका लागि काठमाडौं पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार