११ श्रावण २०८१, शुक्रबार

लायन्सको वार्षिकोत्सव



धनगढी । लायन्स क्लब अफ धनगढी सुकीर्तिको आठौं स्थापना दिवस बिहिबार मनाइएको छ ।

क्लबले धनगढीमा एक समारोह तथा रात्रि भोज आयोजना गरी स्थापना दिवस मनाएको हो । क्लबका अध्यक्ष बसन्ता भण्डारीबमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लबका कोच एडभाइजर विष्णुदत्त बुर्लाकोटी प्रमुख अतिथि थिए । उनले क्लबको आठौं स्थापना दिवसको केक काटेर समारोह उद्घाटन गरेका थिए ।
कार्यक्रमा सुदूरपश्चिम प्रदेशका लायन्स क्लबका विभिन्न सेक्टरका पदाधिकारी, पूर्वपदाधिकारी तथा लायन्स क्लब अफ धनगढी सुकीर्तिका सदस्यहरुको सहभागिता थियो । क्लबले विभिन्न सामाजिक क्षेत्रमा स्वयम्सेवी भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार