२१ कार्तिक २०८२, शुक्रबार

भारतको हिमाचलबाट नेपाली बालकको उद्दार



धनगढी । आफन्तले ललाईफकाई भारतको हिमाचल प्रदेशको सिमला पु¥याएका एक नेपाली बालकको उद्दार गरिएको छ । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका १३ वर्षीय बालक सोहन चौधरी (नाम परिवर्तन) लाई उद्दार गरिएको छ ।
सोहनका नाताले भिनाजु पर्ने काजु चौधरीले ललाईफकाई उनलाई भारतको हिमाचल प्रदेशको सिमलाबाट करिब दुई सय किलोमिटर टाढा पर्ने पुजार्ली भन्ने गाउ“मा पु¥याएका थिए ।
पीडित बालक सोहनले भिनाजुले आफुलाई पुजार्लीका एक ब्यापारीको घरमा छोडेको बताए । भारतको लखनउमा काम गर्ने एक नेपालीको सहयोगमा जुम्लाका अमर बिष्ट नेतृत्वको टोलीले सोहनलाई उद्दार गरी मंगलबार नेपाल ल्याएपु¥याएको छ । अमरको टोलीमा कञ्चनपुरका पत्रकारद्वय दिपेन्द्र बस्नेत र जुद्ध चौधरी पनि रहेका थिए ।
भारतमा काम गर्ने एक नेपालीसंगको कुराकानीका आधारमा पत्रकार जुद्धले लेखेको एक समाचार पढेर आफू सोहनको उद्दारका लागि सक्रिय भएको अमरले बताए । उनले आफू लामो समयदेखि बेचबिखनमा परेका नेपालीको उद्दारमा सक्रिय रहेको बताए ।
पीडित बालक सोहनका अनुसार उनका भिनाजु नाता पर्ने काजुले उनलाई गत वर्ष चैत्र २९ गते पुजार्ली पु¥याएका थिए । उनले काजुले स“गै बस्ने र संगै काम गर्ने प्रलोभन दिएर आफुलाई घरबाट ल्याएको बताए । काजुले सोहनलाई पुजार्लीका प्रदीप भन्ने व्यापारीकहा“ छोडेर सम्पर्कबिहीन भएको उनले बताए ।
सोहनले आफूले दैनिक स्याउ टिप्ने र स्याउका क्रेट ओसार्ने काम गरेको बताए । “दैनिक कम्तिमा १४ घण्टा काम गर्नुपर्दथ्यो, त्यसमाथि मालिकले कुट्ने पिट्ने र गाली गर्दथे” उनले भने ।
सोहनले आफ्नो बुबाको मृत्यु भइसकेको बताए । उनकी आमाले अर्को विहे गरेपछि बालक सोहन मामाको घरमा बस्दै आएका थिए ।
उद्दार अभियानका सदस्य पत्रकार बस्नेतका अनुसार सोहनका भिनाजु नाता पर्ने काजु चौधरीले पा“च महिनाअघि उनलाई ललाईफकाई सिमलाको पुजार्लीका प्रदीपलाई बिक्री गरेको पत्ता लागेको बताए ।
पत्रकार बस्नेतका अनुसार सोहनलाई बालबालिका सम्बन्धि काम गर्ने संस्थाको जिम्मा लगाइने छ । भने काजु चौधरी विरुद्ध मानव बेचबिखनमा उजुरी दिने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार