११ श्रावण २०८१, शुक्रबार

रेडक्रसको स्थापना दिवस



धनगढी । ‘म रेडक्रसलाई माया गर्छु’ भन्ने सन्देशका साथ नेपाल रेडक्रस सोसाइटीकोे ५७ औं स्थापना दिवस बिहिबार मनाइएको छ ।


दिवसका अवसरमा सात वटै प्रदेश, ७७ जिल्ला शाखा र डेढ हजार वढी उपशाखा र जुनियर युवा सर्कलहरूले विविध कार्यक्रमको आयोजना गरेका छन् ।
यस क्रममा सम्मान, पुस्कार तथा प्रतिभा प्रदर्शनका साथै रक्तदान कार्यक्रम आयोजना गरिए ।
नेपाल रेडक्रस सोसाइटी, कैलालीले धनगढीमा विभिन्न कार्यक्रम गरेको छ । कार्यक्रमको प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका थिए । मुल कार्यक्रम रेडक्रस कैलालीका सभापती उत्तम जोशीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा रेडक्रस सोसाइटी कैलालीका संस्थापक अध्यक्ष हेमराज ओझाले रेडक्रसले स्थापनादेखि गरेका गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा नबजीवन सहकारी संस्था, कैलाली उद्योग वाणिज्य संघ र धनगढी जेसिजलाई सम्मान गरियो ।
२०२० भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । देशका सबै ठाउ“मा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरूले वर्षेनी २५ लाख मानिसलाई सेवा पु¥याउ“दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार