३० पुष २०८२, बुधबार

साँझकालीन मनोरञ्जन स्थल बन्दै



धनगढी । धनगढी उपमहानगरपालिकाले “खुला स्थल विकास” अवधारणा अन्तर्गत धनगढीमा साँझकालीन मनोरञ्जन स्थल निर्माण गरिरहेको छ ।


धनगढीको पार्कमोडदेखि कर्भडहल (दशरथ रंगशाला) जाने सडकमा सा“झको समयमा विभिन्न कार्यक्रमका साथै ठेला नास्ता सञ्चालनका लागि भौतिक संरचना निर्माण गरिरहेको जनाइएको छ ।
उपमहानगरपालिकाले सो स्थानमा चौतारा निर्माण गर्ने जनाएको छ । उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले भने– ‘दिउ“सोको समयमा पनि अनुमति लिएर विभिन्न सडक कार्यक्रम आयोजना गर्न सकिने छ । खासगरी सा“झ तथा रातीको समयमा सांगीतिक कार्यक्रम आयोजना गर्न पाउने तथा ठेला नास्ता सञ्चालन गर्ने गरि यसको निर्माण भइरहेको छ ।
इन्जिनियर भट्टले रातीको समयमा सो स्थल÷सडकमा सवारी आवतजावत बन्द गरिने जानकारी दिए ।
सडक क्षेत्रमा भौतिक संरचना निर्माणको लागि उपमहानगरपालिकाले १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । इन्जिनियर भट्टले शुक्रबार अनुमोदनसंग भने– सडक छेउका खोका तथा ठेला व्यवस्थापन र सांस्कृतिक संग्रहालयको लागि पनि भौतिक संरचना निर्माण भइरहेको छ ।
उनका अनुसार सडकको १० मिटर चौडाई छोडेर भौतिक संरचना निर्माण गरिदैछ । उनले भने– हामीले सडक मापदण्ड अनुसार नै काम गरिरहेका छौं । इन्जिनियर भट्टले यो नया“ अभ्यास पनि भएको दाबी गरे ।
उपमहानगरपालिकाले यसलाई नौलो काम भने पनि स्थानीयहरूले भने विरोध गरिरहेका छन् । सडकमै भौतिक संरचना निर्माण गर्दा सडक साँघुरो हुने स्थानीयको भनाई हुने स्थानीयको भनाई छ ।
‘यहा“ साँघुरो सडक छ । त्यो पनि ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन् । त्यसैमा सडक क्षेत्रमै भौतिक संरचना निर्माण गर्न थालेपछि झन् समस्या बृद्धि हुने छ’ स्थानीय मनोज जोशीले भने– उपमहानगरपालिकाले यो सडक फराकिलो बनाउनुको सट्टा उल्टै भौतिक संरचना निर्माण गरेर साँघुरो बनाउदै छ ।
उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पार्कमोड क्षेत्रमा विभिन्न संरचना निर्माण गरी पैदल मार्ग बिस्तार गर्ने तयारी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार