१२ श्रावण २०८१, शनिबार

एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सुरु



धनगढी । धनगढीमा मंगलबारदेखि एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन लिग चरण पुरा भएको छ । पहिलो दिन चार टीम आउट भए भने छ टीम फाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगितामा१० टीम सहभागी थिए ।
समुह ए बाट कैलाली वहुमुखी क्याम्पस ७५ अंकसहित पहिलो, त्रिनगर उमावि ७० अंक सहित दोस्रो र एक्सीस विद्याश्रम ५५ अंक सहित तेस्रो भएर फाईनल चरण पुगेका छन् ।
समुह ए बाट ४५ अंक पाएको ऐश्वर्य विद्या निकेतन र २० अंक पाएको शारदा उमावि पहिलो चरणबाटै बाहिरिएका छन ।
त्यस्तै, समुह बी बाट एक सय ४५ अंक पाएको सुदूरपश्चिमाञ्चल एकेडेमी पहिलो भएर फाईनलमा पुगेको छ । समुह बी बाट ९० अंक सहित नाष्ट उमावि दोस्रो र ७५ अंक सहित ग्यालेक्सी उमावि तेस्रो स्थानसंगै फाईनल चरणमा पुगेका छन् ।
आयोजक सर्भिसेजका मार्केटिङ म्यानेजर हरिकृष्ण चौधरीका अनुसार हाजिरीजवाफ प्रतियोगिताको विजेताले १५ हजार रुपैया पुरस्कार तथा आईईएलएसमा शतप्रतिशत छुट सुविधा पाउने छ ।
त्यस्तै, उपविजेताले १० हजार रुपैया पुरस्कार तथा आईईएलएसमा ५० प्रतिशत छुट पाउनेछ । त्यस्तै तेस्रो स्थान प्राप्त गर्ने टीमले पा“च हजार रुपैया तथा आईईएलएसमा २५ प्रतिशत छुट पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार