लायन्स क्लवको भोजन सेवा कार्यक्रम
धनगढी । लायन्स क्लव अफ धनगढी सुकृतिले कैलालीको धनगढीस्थित मानवसेवा आश्रममा बिहिबार भोजन सेवा कार्यक्रम गरेको छ ।
कार्यक्रममा लायन्स क्लव अफ धनगढी सुकृतिका अध्यक्ष बसन्ता भण्डारी (बम), डिस्ट्रिक एडभाइजर नेत्रप्रसाद शर्मा, क्लवका जिल्ला अध्यक्ष सिबी चन्द, धनगढी टाउनका अध्यक्ष कृष्ण बोहरा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चेतराज पनेरुले गरेका थिए ।
मानव सेवा आश्रममा हाल १९ जना अशक्त असहायको लालनपालन भइरहेको छ ।




