३० जेष्ठ २०८१, बुधबार

सार्वजनिक सुनुवाई कार्यक्रम



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।

सो अवसरमा परियोजनाको गत आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति तथा चालु आर्थिक वर्षको २०७६÷०७७ को सार्वजनिकीकरण भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई सुखडको आयोजनामा भएको सार्वजनिक सुनुवाई तथा सार्वजनिकीकरण गोष्ठीमा जानक र जोशीपुर गाउँपालिका तथा भजनी र घोडाघोडी नगरपालिकाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
परियोजना इकाई कार्यालयका बरिष्ठ कृषि अधिकृत टीकाराम थापाले परियोजनाले गरेका तथा आगामी दिनमा गर्ने कामबारे जानकारी गराएका थिए ।
परियोजना अन्तर्गतको तेलहन जोन कार्यक्रमले जानकी र जोशीपुर गाउपालिका तथा भजनी र घोडाघोडी नगरपालिकामा किसानलाई सीप विकास तथा क्षमता अभिवृद्धि तालिम, मेसिनरी औजार उपकरण मर्मत सम्भार तालिम, बजार प्रबद्र्धन तथा अन्तरक्रिया गोष्ठी, योजना तर्जुमा गोष्ठी लगायत कार्यक्रम गरिएको उनले जानकारी दिए ।
तेलहन बाली जोन कार्यक्रम जानकी गाउपालिकाको वडा नम्बर ४ र ७, जोशीपुर गाउपालिकाको वडा नम्बर १, २, ३, ४ र ६ तथा भजनीको २, ६ र ८ र घोडाघोडी नगरपालिकाको १ देखी ९ वडामा संचालित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार