१२ श्रावण २०८१, शनिबार

लुटपाट गर्ने दुई पक्राउ



धनगढी । चिरपट प्रहार तथा चक्कु देखाएर लुटपाट गर्ने दुई जनाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का १९ वर्षका दिपक नागरी र बैतडीको पाटन नगरपालिका वडा नम्बर १ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने २१ वर्षीय डम्बरबहादुर चन्दलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का राजकुमार चौधरी, सुरज चौधरी, र दिपक कुमाल वडा नम्बर ३ बडहराबाट से ६ प ९१०५ नम्बरको मोटरसाईकलमा फर्किने क्रममा चिरपटले प्रहार गर्नुका साथै चक्कु देखाएर नगद र मोबाइल फोनसेट लुटेका थिए ।
लुटपाटमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का हर्कबहादुर शाही पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार