१२ श्रावण २०८१, शनिबार

स्वतन्त्र अभिव्यक्तिको नीतिगत पैरवी गोष्ठी



धनगढी । धनगढीमा सोमबार संगठनको स्वतन्त्रता तथा स्वतन्त्र अभिव्यक्तिको नीतिगत पैरवी सम्बन्धी कार्यशाला गोष्ठी भएको छ ।


गैरसरकारी संस्था महासंघ, सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको गोष्ठीमा सहभागीहरूले सरकारले नीति बनाउँदा सरोकारवालाको सहभागिता नगराएको गुनासो गरे ।
सहभागीहरूले नागरिक संगठन तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी ऐन बनाउदा सरोकारवाला नागरिक संगठनहरूसंग परामर्श गर्नेतर्फ पहल नभएको बताए ।
गोष्ठीको गैसस महासंघका केन्द्रीय अध्यक्ष जीतमान लामाले उदघाटन गरे । कार्यक्रम महासंघका प्रदेश समितिका अध्यक्ष देवी खनालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य लक्ष्मण खड्का र सावित्रा घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार