११ श्रावण २०८१, शुक्रबार

वीऊ प्रणाली सुधार कार्यक्रम



धनगढी । कैलालीको कैलारी गाउ“पालिकामा स्थानीय बिउ प्रणाली सुधार कार्यक्रम आइतबारदेखि सुरु भएको छ । जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिवर्ड) ले सो परियोजना सुरु गरेको जनाइएको छ ।
सो कार्यक्रम कैलालीका अन्य दुई स्थानीय तह सहित सुदुरपश्चिम प्रदेशका चार जिल्लामासञ्चालन हुने जनाइएको छ ।
सो कार्यक्रमको आइतबार एक समारोहबीच कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरीले उदघाटन गरे ।
कार्यक्रममा आयोजनाअधिकृत अनुपमा शर्माले स्वागत गरेकी थिइन भने टिम लिडर डाक्टर सन्तोष श्रेष्ठले कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार