११ श्रावण २०८१, शुक्रबार

धनगढीमा कपडा बैंक



धनगढी । धनगढीमा कपडा बैंक सञ्चालन हुने भएको छ । व्यवसायीहरू गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको संयुक्त लगानीमा कपडा बैंक सञ्चालन भएको छ ।


कपडा बैंकका लागि भवन निर्माण कार्य मंसिरदेखि नै शुरु भएको थियो । अहिले भवन निर्माण कार्य पुरा भइसकेको छ । व्यवसायी गोपाल हमालका अनुसार आज (आइतबार) देखि पुराना कपडा, सिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका दैनिक उपभोगका सामान संकलन सुरु गरिएकाे छ ।
उनले अनाथ तथा विपन्न परिवारका व्यक्तिलाई सित्तैमा कपडा प्रदान गरिने छ । उनले भने– जो कोहीले पनि कपडा लगायतका सामान यो बैंकमा जम्मा गर्न सक्नेछन् र हामी असहाय, असक्त तथा आर्थिक रुपमा विपन्न व्यक्तिलाई मौसम अनुसारका कपडा उपलब्ध गराउने छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार