११ श्रावण २०८१, शुक्रबार

धर्मशालाहरू निजी प्रयोगमा



डोटी । डोटी जिल्लामा भएका अधिकांस सार्वजनिक धर्मशालाहरू केही व्यक्तिले आफनो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ । त्यस्तै कतिपय धर्मशालाहरूको उचित संरक्षण नहु“दा जीर्ण बन्दै गएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३, पुलबजारमा रहेको राणाकालीन समयमा बनेको सरकारी धर्मशाला एक जनाले निजी आवासका रुपमा प्रयोग गरिरहेको पाइएको छ । तत्कालीन समयमा गाउ“बाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायल लगायतका ठाउ“हरूमा आवतजावत गर्ने मान्छेलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले निर्माण गरिएको सो धर्मशाला वर्षौ“देखि घचेट्टा नामले चिनिने भारतीय नागरिकले निजी आवासको रुपममा प्रयोग गरेको पाइएको छ ।
उनले धर्मशालाको कोठाभित्र आफु बस्ने र बाहिर चौरमा आफ्ना खच्चरहरू बा“ध्ने गरेको दिपायल पिपल्लाका स्थानीय तेजबहादुर डुम्रेलले बताए ।
त्यस्तै शिखर नगरपालिका वडा नम्बर १, नापानी भन्ने ठाउ“मा रहेको पक्की धर्मशाला पनि निजी आवासमा परिणत भएको छ । सो धर्मशालालाई स्थानीयले गाईभैंसी बाध्न प्रयोग गरिरहेको गुठेउडीका करन नेपालीले बताए ।
उनले भने– पहिले धर्मशालामा गाईगोरु बाधेको र मान्छे सुतेको पैसा लिइन्थ्यो, अहिले व्यक्तिले निजी रुपमा प्रयोग गरिरहेका छन् ।
सो धर्मशालाको रेखदेखका लागि कर्मचारी खटाइए पनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारीका लागि रकम आउन छोडेपछि समस्या भएको बताइन्छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटी पौवा र धर्मशालाको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगत रुपमा प्रयोग गर्न नहुने बताए । उनले भने– कुन ठाउ“मा भएको धर्मशाला कसले प्रयोग गरेको छ भन्नेबारे सम्बन्धित पालिकाले रेखदेख गर्नुपर्छ ।
डोटी जिल्लामा एक सयभन्दा बढी सरकारी धर्मशाला, पाटी पौवा रहेको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।
जिल्लामा भएका सरकारी धर्मशालाको समयमै उचित मर्मत सम्भार नगरे अबको केही समयपछि यहा“का सरकारी धर्मशालाहरूको अस्तित्व विलिन हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार