३० जेष्ठ २०८१, बुधबार

बैतडी समाजद्वारा रक्तदान कार्यक्रम



धनगढी । बैतडी समाज कैलालीले आगामी २५ गते धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
स्वास्थ्य संस्थाहरूमा रगत अभावका कारण बिरामीको उपचारमा समस्या पर्ने अवस्था पटक पटक आउने गरेकोले बिरामीलाई समस्या नपरोस भनेर बैतडी समाजले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको रक्तदान कार्यक्रमका संयोजन समाजका कार्यसमिती सदस्य राजबहादुर चन्दले जानकारी दिए ।
बैतडी समाज, कैलालीले हरेक वर्ष स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार