१२ श्रावण २०८१, शनिबार

किसानलाई धानको वीऊ वितरण



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले यस वर्ष किसानहरूलाई विभिन्न जातको

६४ क्विन्टल धानको वीऊ वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार नगरपालिका स्वयंले ४९ क्विन्टल तथा सहकारी संस्थामार्फत १५ क्विण्टल धानको वीऊ वितरण गरेको छ ।
नगरपालिकाको कृषि शाखा संयोजक चक्र भाटले कर्मचारी अभावका कारण वडा नम्बर ८ मा रहेको सदाबहार कृषि सहकारी संस्थालाई धानको वीऊ बितरणको जिम्मा दिइएको बताए ।
सो सहकारी संस्थाका अध्यक्ष उज्ज्वलसिंह बोहराले पकेट क्षेत्रका लागि ८६ किलो र वीऊ बृद्धिका लागि ५० बोरा धानको वीऊ वितरण गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार