१२ श्रावण २०८१, शनिबार

एकल महिला आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालनबारे सम्झौता



धनगढी । धनगढी उपमहानगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) बीच एकल महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम संचालन गर्ने गरि शुक्रवार सम्झौता भएको छ ।


सम्झौतापत्रमा उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका तर्फबाट डेपुटी रिप्रजेन्टीभ डाईरेक्टर माजेनले शुक्रबार हस्ताक्षर गरे ।
नगर प्रमुख वडका अनुसार यो कार्यक्रममा ६० प्रतिशत योगदान संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) को रहने छ भने ४० प्रतिशत उपमहानगरपालिकाको योगदान रहने छ ।
उनले पहिलो चरणमा एक करोड ६५ लाख रुपैयाको सम्झौता भएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नौ महिनाका लागि कार्यक्रम सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार