१२ श्रावण २०८१, शनिबार

गाउँपालिकाका संयोजक सहित २ जना विप्लव कार्यकर्ता कैलालीबाट पक्राउ



धनगढी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता कैलालीमा पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिकाका संयोजक सहित २ जना कार्यकर्ता पक्राउ परेका हुन् ।


चुरे गाउँपालिकाका निङाली, अलाड, गजार, खैराला, सहजपुर तथा फल्टुडे कैलाली साथै अन्य जिल्लामा समेत आफ्नो पार्टी बिस्तार तथा चन्दा आतंक तथा धम्की, अराजकता फैलाई रहेका विप्लव समुहका सक्रिय सदस्य एबं चुरे संयोजक तथा कैलाली जिल्ला कमिटिका सदस्य रमेश थापा (संघर्ष) र चुरे सदस्य ठक्कर साहुलाई ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका प्रमुख ईन्सपेक्टर माधव विश्वकर्माको टोलीले पक्राउ गरेको हो ।
साथै उनीहरुबाट चन्दा उठाउने ठेली नेपाल कम्युनिष्ट पाटीका पर्चा पम्पलेट समेत फेला पारी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख ईन्सपेक्टर माधव विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार