१० श्रावण २०८१, बिहीबार

सम्पादकीय: धान दिवसको तामझाम



नेपाली किसानका लागि मात्रै नभएर नेपालको कृषि उपजमा प्रमुख बालीका रुपमा रहेको धानबाली । र, धानबालीको महत्वलाई ध्यानमा राखेर मनाइने– धान दिवस । हरेक वर्ष असार पन्ध्र गते धान दिवस मनाइने गरिएको छ, विगत डेढ दशकदेखि । असार पन्ध्र गतलाई डेढ दशकदेखि धान दिवसका रुपमा मनाइने गरिएको छ, सरकारी स्तरबाट समेत । त्यस्तै, यो दिनलाई रोपाई दिवसका रुपमा समेत मनाइन्छ । अर्थात्, मानो छरेर मुरी फलाउने दिन । वर्षेबाली, त्यसमा पनि धानबाली । धानबाली सप्रिनु भनेको किसानका लागि मात्रै नभएर मुलुकको कृषि उत्पादन बृद्धिको महत्वपूर्ण आधार । त्यसैले धान दिवसको खास महत्व छ । र, धान दिवस मनाउने क्रममा सरकारका मन्त्री, राजनीतिक नेताहरू खेतमा हिल्याउने, र रोपाई कार्यमा तामझामका साथ सहभागी हुने गरेका छन् । यस पटक पनि बर्दिया लगायतका स्थानमा सरकारी स्तरबाटै धान दिवस मनाइएको छ । कृषि मन्त्री सहित सरकारी अधिकारी, राजनीतिक नेताहरू खेतमा रोपाई गरिरहेका तस्वीर सार्वजनिक भएका छन् ।
तर, यस वर्ष पनि धान दिवस मनाइरह“दा आम किसानमा उत्साह जाग्न सकेको देखिएन । यस वर्ष मौसमले पनि अहिलेसम्म किसानलाई साथ दिएको छैन । मध्ये असार भइसक्दा पनि अहिलेसम्म कैलाली, कञ्चनपुर सहित तराईका अधिकांस जिल्लामा रोपाई दश, पन्ध्र प्रतिशत भन्दा बढि भएको छैन । त्यसैमा विगतका वर्षहरू झैं यस पटक पनि आम किसानले धानबाली लगाउने समयसम्म पनि आवश्यक मलखाद पाउन सकेनन् । अहिले पनि अधिकांस किसानले खेतीका लागि आकासे पानीको भर गर्नुपर्ने अवस्था छ । समयमा मलखाद, वीऊविजन उपलब्ध नहुने, सिंचाईं सुविधाबाट बञ्चित, कृषि उपजको समर्थन मुल्य तोक्न जहिले पनि ढिलाई लगायतका समस्या र चुनौतिबीच किसानले खेती गर्नु परिरहेको अवस्था छ । प्रत्येक सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको घोषणा गर्ने गरेका छन् । कृषिलाई समृद्धिका आधारका रुपमा दोहो¥याउ“दै आएका छन् । कृषिलाई सम्मानित पेसाका रुपमा स्थापित गर्ने उद्घोष गरिएको छ, तर किसानलाई वीऊविजन, मलखाद, सिंचाईं सुविधा, प्रविधि, उपकरण, बजारीकरण लगायतका सुविधा सहज रुपमा उपलब्ध गराउने तर्फ अझै पनि गम्भीरतापूर्वक सोचिदैन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम होस् वा मुख्यमन्त्री कृषि कार्यक्रम, यी कार्यक्रमबाट वास्तविक किसानले लाभ लिन नसकेको आम गुनासो रहने गरेको छ । कृषि अनुदान कार्यक्रम कसका लागि भन्ने सधैं प्रश्न उठ्ने गरेको छ । र, यी र यस्तै सवालबीच यस पटक पनि धान दिवस मनाइएको छ । प्रत्येक दिवसको महत्व हुन्छ । तर, देखावटी तामझामले मात्रै कृषि उत्पादन बृद्धिमा टेवा पुग्न सक्दैन भन्ने बोध गर्नु आवश्यक हुन्छ । धान दिवस मनाइरदा आम किसानहरू कति उत्साहका साथ सहभागी भए अथवा दिवसले किसानमा कत्तिको उत्साह बृद्धि ग¥यो भन्ने प्रमुख सवाल हो । त्यसैले धान दिवस सरकारी तामझाम प्रदर्शन गर्ने अथवा ठूलाबडाले एक छिन हिलोमा पसेर दुई चार वोट धानका विरुवा रोप्ने दिवस भन्दा पनि आम किसानका लागि पर्वका रुपमा स्थापित गर्नेतर्फ ध्यान दिनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार