१२ श्रावण २०८१, शनिबार

घुससहित सिंचाई डिभिजन कार्यालय प्रमुख पक्राउ



धनगढी । जलश्रोत तथा सि“चाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तव दुई लाख रुपैया“ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित सम्पर्क कार्यालयको टोलीले श्रीवास्तवलाई दुई लाख रुपैया“ घुससहित उनको कार्यकक्षबाटै पक्राउ गरेको जानकारी अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले दिए । उनीस“गै त्यही कार्यालयका इन्जिनियर भीष्म ठगुन्ना पनि घुससहित पक्राउ परेकी छन् ।
भान्सा कोठामा चामलको बोरामा लुकाइराखेको दुई लाख रुपैया“ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी टोपबहादुर बिष्टले पुष्टि गरे ।
विष्टका अनुसार श्रीवास्तवले चौधर नदीमा निर्माण गरिएको तटबन्धको भुक्तानी दिने क्रममा घुस लिएका थिए । पक्राउ परेका श्रीवास्तवलाई नियन्त्रणमा राखेर अख्तियारको टोलीले सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार