११ श्रावण २०८१, शुक्रबार

खप्तड मेलामा स्वास्थ्य शिविर



धनगढी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा लागेको गंगा दशहरा मेलामा नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौ“ले निःशुल्क उपचार सेवा लिएका छन् ।

खप्तडमा तैनाथ रहेको श्री गुरु गोरख गुल्म खप्तड ब्यारेकले तीन दिनसम्म मेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
गंगा दशहरा मेला भर्ना आएका हजारौं दर्शकलाई लक्षित गरी सेनाले उक्त शिविरको आयोजना गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर ब्यारेकले जनाएको छ । उक्त शिविरमा ८०० भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य उपचार गरिनुका साथै निःशुल्क रुपमा औषधि वितरण पनि गरिएको छ ।
उक्त शिविरमा नाक, कान, घा“टी, ज्वरोलगायतका बिरामीको संख्या बढी भएको निःशुल्क शिविर आयोजकले जनाएको छ । सेनाले सञ्चालन गरेको उक्त निःशुल्क शिविरबाट सयौ“ नागरिकले सेवा तथा औषधि पाएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा प्रत्येक वर्ष जेठ शुक्ल दशमीका दिन उक्त गंगा दशहरा मेला लाग्ने गर्दछ । मेलाका लागि सुदूरपश्चिमसहित देशका विभिन्न ठाउ“बाट भक्तजन तथा पर्यटक मेला भर्न आउने गर्दछन् ।
मेलामा आएकालाई बस्न, खानलागयत अन्य कुनै समस्या नहोस् भन्दै त्यहा“ रहेका सैनिकले पालको व्यवस्था गर्दै आएका छन् भने मेलामा आएकाका लागि वर्षेनी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार