१२ श्रावण २०८१, शनिबार

सिकलसेल रोकथामबारे अभिमुखीकरण



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा मंगलबार सिकलसेल इनिमिया रोकथामका लागि जनचेतनामुलक अभिमुखिकरण भएको छ । कार्यक्रमको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।


सो अवसरमा नगर प्रमुख वडले मुख्य रुपमा थारु समुदायमा यो रोग बढि देखिने गरेको भए पनि सबैको साझा सत्रु रहेको बताए । उनले भने– यो थारु समुदायमा बंशाणुगत रोगको रुपमा रहे पनि अरुले पनि ढुक्क भएर बस्ने अवस्था छैन ।
कार्यक्रममा बन वातावरण श्रमिक संघका केन्द्रीय सदस्य तुलसी देवकोटाले सिकलसेल रोग प्रायः थारु समुदायमा पनि बढी विपन्न परिवारमा देखिने गरेको बताइन् ।
सेती अञ्चल अस्पतालमा हालसम्म सिकलसेल एनिमियाका पाँच सय ८३ जना बिरामी दर्ता भएको बताइएको छ । ती मध्ये आठ जना गैरथारु समुदायका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार