११ श्रावण २०८१, शुक्रबार

अपांगलाई सहयोग कार्यक्रम आउँछः अध्यक्ष चौधरी



जोशीपुर । जोशीपुर गाउँपालिकाका अध्यक्ष राम कृष्ण चौधरीले अपांगता भएकालाई सहयोग पुग्ने कार्यक्रम वडा भेला मार्फत माग र योजना आउने बताएका छन् ।
कैलालीको जोशीपुर गाउँपालिकामा अपांगता मुल प्रवाहीकरण कार्यशाला गोष्ठी उद्घाटन कार्यक्रममा प्रमुख अतिथी चौधरीले स्थानीय तहमा अपांगता समन्वय समिति गठनसंगै अपांगता सम्बन्धि कार्यविधि तथा नीति निमार्णको क्रममा रहेकोले सबैसंग हातेमालो गरेर जाने बताए ।
विशिष्ट अतिथि तथा जोशीपुर गाउ“पालिकाका उपाध्यक्ष गिता कठरियाले समय सापेक्ष अपांगता भएकाहरुको हक अधिकार, सेवा सुविधाको सुनिश्चिता गर्दै जाने बताइन् ।
दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनाको अध्यक्षतामा शुरु भएको गोष्ठीमा जोशीपुर गाउ“पालिकाका, जानकी गाउ“पालिकाका जनप्रतिनिधि, अपांगता समन्वय समितिका पदाधिकारी, सरोकारवाला निकायका पदाधिकारी लगायत ४० जनाको सहभागिता रहेको छ ।
गोष्ठीमा सहजीकरण सर्वाङ्गिण अपांगता विकास नेपालको नन्द राम भट्ट र दिगो विकास समाज भजनीका सीताराम चौधरीले गरेका थिए ।
स्थानीय तहमा रहेको अपांगता व्यक्तिहरुको हक अधिकार, सेवा सुविधाको बारेमा योजना बनाउन तथासेवामा सहजता पु¥याउन सहयोग पुग्ने उद्देश्यले संचालन भैरहेको कार्यशाला गोष्ठी दुई दिनसम्म संचालन हुनेछ ।
कैलालीमा सर्वाङ्गिण अपांगता विकास नेपालको तथ्यांक अनुसार १५ हजार तीन सय ७५ जना अपांगता रहेको व्यक्ति रहेका छन भने पुर्ण अपांग ९ सय ६० र आशिंक अपांग एक हजार आठ सय जना रहेका छन् । जस मध्ये दुई हजार चार सय ८० रातो कार्ड, चार हजार दुई सय ५० निलो कार्ड, तीन हजार पा“च सय ३४ पहेलो कार्ड र बा“की सेतो कार्ड पाएका अपांग व्यक्ति रहेका छन् ।
उनीहरु विगतमा सरकारबाट अपांगता कार्डको आधारमा रातो कार्ड प्राप्त व्यक्तिले मासिक दुई हजार रुपैया सेवा पाउदै आएका थिए भने अन्यले कार्डको आधारमा शिक्षा, स्वास्थ्य, यातायातमा ५० प्रतिशत छुट तथा विकासात्मक कार्यमा आरक्षण समावेशीको अवसर पाउदै आएका थिए । अहिले उक्त सबै कार्ड खारेज भई स्थानिय तहमार्फत कार्ड वितरण तथा सेवा सुविधा दिइने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार