१२ श्रावण २०८१, शनिबार

सरकारी वेवसाइटमा समस्या



धनगढी । सरकारी अनलाइन वेबसाइटहरूमा दिनभरी समस्या आएको छ । आइतबार सबै सरकारी वेबसाइटहरू विहानदेखि चार बजेसम्म खुलेका थिएनन् ।

वेबसाईटहरू नखुलेपछि दैनिक कामकाजमा समस्या देखिएको थियो । सरकारी कामकाजका लागि दैनिक प्रयोगमा आउने वेबसाइटहरूमा नै समस्या देखिएपछि सेवाग्राहीसमेत मर्कामा परेका थिए । भन्सार कार्यालय, कर कार्यालयहरू, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, श्रम कार्यालयलगायत सेवाग्राहीको बढी उपस्थिति रहने कार्यालयमा कार्यसम्पादनमा समस्या निम्तिएको थियो । यसले सेवाग्राही मर्कामा परेका हुन् ।
आइतबार बिहानैदेखि डट जिओभी, डट एनपी भएका सबै वेबसाइटहरू खुल्न छाडेका थिए । सुदूरपश्चिम प्रदेश सरकार मातहात रहेका मन्त्रालयहरूको वेवसाईटहरू पनि खुलेका थिएनन् । यसले गर्दा मन्त्रालयहरूद्धारा जारी हुने सूचना, कार्यक्रमहरू राख्न नसकिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार