११ बैशाख २०८२, बिहीबार

युवा चरित्र निर्माण शिविरमा शोभायात्रा



टीकापुर । “दुर्गुण, दुव्र्यसन र दुराचारमुक्त समाजको परिकल्पना, सद्गुण सद्भाव र सदाचारयुक्त समाज हाम्रो चाहना’ भन्ने नाराका साथ कैलालीको टीकापुरमा सञ्चालित १० दिने निःशुल्क “युवा चरित्र निर्माण शिविर’ का सहभागीहरूले शुक्रबार टीकापुरमा शोभायात्रा निकालेका छन् ।
नेपाल आर्य समाज तथा मल्लिका विद्यापीठ गुरुकुल टीकापुरको आयोजनामा गत २१ गतेदेखि निःशुल्क शिविर सञ्चालन भइरहेको छ । शिविर आज (शनिबार) समापन हुने गुरुकुल प्रमुख टीकाराम आर्यले बताए ।
शिविरमा भारतको दिल्लीका वैदिक विद्वानहरु आचार्य लक्ष्य आर्य तथा आचार्य दिनेश आर्यले प्रशिक्षण दिएका थिए ।
१२ वर्षदेखि २५ वर्ष उमेर समुहका युवाको सहभागिता रहेको शिविरका सहभागि, गुरुकुलका विद्यँर्थी, प्रशिक्षक लगायतको सहभागितामा गुरुकुलबाट शुरु भएको शोभायात्रा वीरेन्द्र विद्यामन्दिर मावि, चार चौतारी, भानुचोक, खडकचोक, सामुदायिक रेडियो टीकापुर एफएम चोक हु“दै गुरुकुलमा पुगेर समापन भएको थियो । शोभायात्रामा सहभागि युवाहरुले शिविरमा आफुहरुले सिकेका विभिन्न कलाको प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार