१२ श्रावण २०८१, शनिबार

फेसबुकबाट युवतीलाई ब्ल्याकमेल गर्ने पक्राउ



धनगढी । फेसबुकबाट युवतीलाई ब्ल्याकमेल गरी ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  कीर्तिपूर बस्ने डोटीका  २६ वर्षीय केशवराज भट्ट रहेको प्रहरीले जनाएको छ।

भट्ट मंगलबार दिउँसो काठमाडौंको गौशालाबाट पक्राउ परेका हुन्। उनले फेसबुकमा उच्च पदमा रहेका अधिकृतहरुको फोटो राखी फेक अकाउन्ट बनाई युवतीहरूलाई साथी बनाएर आफू शाखा अधिकृत रहेको भन्दै विवाहको प्रस्ताब राख्ने गरेको अनुसन्धानमा खुलेको छ।

आफूहरूलाई प्रलोभन देखाई विवाह गर्छु भनी रकम समेत लिएर ठगी गरेर अलपत्र पारेको पीडित युवतीरूले प्रहरीमा उजुरी दिएका थिए।

पक्राउ परेका भट्टलाई आवश्यक कारबाही र अनुसन्धानका लागि बुधबार प्रहरी परिसर काठमाडौं पठाइएको छ प्रहरी स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार