चोरी पैठारीकोे सामानसहित तीन पक्राउ
धनगढी । कैलाली प्रहरीले अवैध रुपमा चोरी पैठारी गरी लैजादै गरेको कपडा सहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तीन लाख छ हजार रुपैया मूल्य बराबरका कपडा सहित बैतडी घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने नरेन्द्र बोहरा, पुष्पा बोहरा र वडा नम्बर ८ का मोहन साउँदलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ र ९ बाट पक्राउ गरिएको हो ।
उनीहरुबाट महिलाहरुले लगाउने विभिन्न किसिमका कपडा बरामद गरिएको छ । बरामद गरिएका कपडा आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाईएको छ ।