नेपाली र भारतीय अधिकारीहरुबीच आकस्मिक बैठक
धनगढी । भारतीय सीमास“ग जोडिएका नेपालका कैलाली, कञ्चनपुर र बर्दिया जिल्लाका सुरक्षा अधिकारी र भारतीय अधिकारीहरुबीच मंगलबार आकस्मिक बैठक भएको छ ।
भारतको उत्तर प्रदेशको खिरी जिल्लाको पलिया लखिमपुरका भारतीय सुरक्षा अधिकारीहरुले बैठक आयोजना गरेको जनाइएको छ ।
बैठकमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपी, नेपाल प्रहरीका एसपी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीका डिएसपीको सहभागिता थियो । भारतका तर्फबाट खिरी जिल्लाका डिएम, भारतीय प्रहरीका एसएसएपी, एसपी, दुधुवा राष्ट्रिय निकुञ्जका प्रमुख र भारतीय लोकसभा आमनिर्वाचन २०१९ का कर्मचारीको उपस्थिति थियो ।
बैठकमा भारतमा आउ“दै गरेको लोकसभाको निर्वाचनको समयमा अनैतिक क्रियाकलाप, चोरी पैठारी, लागू औषध ओसारपसार नियन्त्रण बारे छलफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सिनाले बताए ।




